document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 5352;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम— नेपाल कम्युनिष्ट पार्टीले जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
बिहीबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा ऋषिराम कट्टेल नेतृत्वको नेकपाले प्रदेश २ को राजधानी जनकपुरधाममा राष्ट्रिय सम्मेलन गर्ने जानकारी दिइएको हो ।
बहुपदीय प्रणाली अनुसार नेतृत्व चयन गर्नका लागि यही पुस १७ देखि १९ सम्म राष्ट्रिय सम्मेलन गर्न लागेको सो पार्टीका संयोजक ऋषिराम कट्टेलले बताए ।
सम्मेलनको उद्घाटन भने नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको दिन १५ सेप्टेम्बरमै भर्चुअल माध्यमबाट भइसकेको उनले जानकारी दिए ।
गत असोज, कार्तिक र मंसिर महिनामा प्रदेशस्तरीय ६ वटा समूह बनाएर राजनीतिक प्रतिवेदन, क्रान्तिको कार्यक्रम नयाँ जनवाद, विधान संशोधन, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदनमाथि छलफल सम्पन्न भइसकेको उनले स्पष्ट पारे ।
पुस १७ देखि पुस १९ सम्म जनकपुरधाममा हुने राष्ट्रिय सम्मेलनमा ती प्रतिवेदनलाई पारित गर्दै नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको संयोजक कट्टेलले बताए ।
उनले एमसीसी देशका लागि घातक रहेकाले सो सम्झौता कार्यान्वयन नहुन दिनका लागि सबै एकजुट हुनुपर्ने बताए ।
चीनको बढ्दो शक्तिलाई निस्तेज गर्न र आफ्नो स्वार्थकै लागि अमेरिकाले नेपालमा एमसीसी कार्यान्वयनमा जोड दिएको दाबी गर्दै उनले एमसीसीको नाममा नेपाललाई अमेरिकाको रणनीतिक क्रिडास्थल बन्न दिन नहुने बताए ।









