document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 5255;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
ढल्केवर— धनुषाको मिथिला नगरपालिकाको प्रमुख केन्द्र ढल्केवरमा जारी महोत्सवमा चर्चित ¥यापर समिर धिसिङ्ग (भिटेन) आउने भएका छन् ।
स्थानीय थुप्तेन युवा क्लव धनुषाको आयोजनामा जारी दोश्रो ढल्केवर औधोगिक व्यापार मेलामा नेपाली पप गायक तथा चर्चित एवं लोकप्रिय ¥यापर भिटेन शनिवार ढल्केवर आउन लागेको हो ।
महोत्सवमा आफ्नो प्रस्तुती देखाउन चर्चित ¥यापर भिटेन शनिवार ढल्केवर आउन लागेको आयोजक थुप्तेन युवा क्लवका अध्यक्ष धावा लामाले जानकारी दिए ।
नेपाली युवा जगतमा अति लोकप्रिय रहेका आधुनिक पप गायन क्षेत्रका उम्दा गायक भिटेनलाई हेर्न र उनिद्वारा प्रस्तुत गीत प्रत्यक्ष सुन्न पाउने भएकापछि यहाँका दर्शक उत्साहित देखिएका छन् ।
भिटेनको उपस्थिती समयमा महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा बनाइने अध्यक्ष लामाले जानकारी दिए । उनको प्रस्तुतीको क्रममा दर्शकको बढ्दो उपस्थितलाई ध्यानमा राख्दै महोत्सव स्थलमा नियमितभन्दा ५० जना थप नीजि सुरक्षागार्ड खटाउने पनि योजना रहेको लामाले सुनाए ।
पुस ४ गतेसम्म चल्ने औधोगिक व्यापार मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार एवं सूचना प्रविधिको बृहत प्रदर्शनीमा राखिएको छ ।
अध्यक्ष लामाका अनुसार धार्मिक, पर्यटकीयस्थलको चिनारी, कला, संस्कृती, घरेलु हस्तकला तथा लघु उद्यमका उत्पादनको पनि मेलामा प्रदर्शनी भइरहेको छ ।










