काठमाडाैं— गत २०७२ सालको भूकम्पपछि भूमिहीन भूकम्पपीडित लाभग्राहीको सूचीमा काठमाडौंबाट १ जनाको मात्र नाम समावेश भएको पाइएको छ ।

सरकारले नेपालभर आफ्नो वा एका सगोल परिवारको नाममा बसोबासयोग्य जग्गा नभएको व्यक्ति तथा परिवारलाई भूमिहीन लाभग्राहीका रूपमा राखेको छ ।

सरकारले त्यस्तो परिवारलाई बसोबासयोग्य सुरक्षित घडेरी खरिदका लागि २ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउँदै आएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूमिहीन लाभग्राहीमा काठमाडौंबाट १ जनाको मात्र नाम समावेश छ ।

कार्यकारी समितिको विभिन्न बैठकबाट कायम भएका भूमिहीन लाभग्राहीमा उपत्यकाअन्तर्गत ललितपुरबाट भने घडेरी खरिदका लागि २ लाख पाउने लाभग्राही ३४ र जिल्ला समन्वय समितिबाट निर्णय भएका आफू बसोबास नै गरेको स्थानमा बसोबास गर्न पाउने भूमिहीन लाभग्राहीको संख्या १ सय ९६ गरेर २३० रहेको छ ।

बाग्लुङ र पर्वत जिल्लाको लाभग्राही संख्या शून्य रहेको छ । म्याग्दीको १, पाल्पाको २, खोटाङ ३, भोजपुर ५, गुल्मी ७, स्यांग्जा ७ दोलखा जिल्लाको लाभग्राही संख्या १२ रहेको छ ।

भूमिहीनले घडेरी किन्न २ लाख रुपैयाँ पाउने सबैभन्दा धेरै लाभग्राही संख्या भने नुवाकोटमा २६६, गोरखामा २३५, मकवानपुरमा १७८, सिन्धुपाल्चोकमा १७७, काभ्रेपलान्चोकमा १३९ लाभग्राही रहेका छन् । नुवाकोटमा आफू बसोबास गरेको स्थानमा नै बसोबास गर्न पाउने लाभग्राही शून्य रहेका छन् ।

मकवानपुरमा भने आफू बसोबास गरेको स्थानमा नै बसोबास गर्न पाउने भूमिहीन लाभग्राही सबैभन्दा धेरै ५ हजार १८७ रहेको प्राधिकरणको तथ्यांकले देखाएको छ । सिन्धुलीमा पनि ३ हजार १०४ लाभग्राही, चितवनमा १ हजार ३७९, तनहुँमा ३१०, काभ्रेमा १८१ रहेका छन् ।

प्राधिकरणले अनुदानमा खरिद गरिएको जग्गाका लागि श्रीमान/श्रीमतीको संयुक्त नाममा खरिद गरिनुपर्ने, १० वर्षसम्म बेचबिखन गरी हक हस्तान्तरण गर्न नपाउने व्यवस्था गरेको छ ।

प्राधिकरणले जोखिमयुक्त बस्तीका लाभग्राही तथा भूमिहीन भूकम्पपीडित लाभग्राहीअन्तर्गत जोखिमयुक्त बस्तीका लाभग्राही संख्या ४ हजार ६८० र कार्यकारी समितिबाट कायम भूमिहीन लाभग्राहीको संख्या १ हजार ३४५ कायम गरेको छ ।

जसमा काठमाडौंको संख्या शून्य रहेको छ भने ललितपुरको ६९ रहेको छ । सरकारले जोखिमयुक्त बस्तीका लागि पनि सहुलियतको व्यवस्था गरेको छ । राजधानीमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip