धनुषा— नेपाली कांग्रेस धनुषा क्षेत्र नं ४ को कार्यसमिति, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसहित सबै पदमा सर्वसम्मतिले नेतृत्व चयन भएको छ।

सर्वसम्मतिले चयन नेतृत्व अनुसार क्षेत्रीय सभापतिमा कुमरकान्त झा, सचिवमा बुधेश्वर महतो र जगदीश यादव, सहसचिवमा संजयकुमार यादव र शैलेन्द्र महतो रहेका छन्।

त्यसैगरी एक महिला सहित ४ जना सदस्यहरूमा निलम ठाकुर, अर्जुनकुमार महतो, रामजुलुम यादव र रामदयाल महतो चयन भएका छन्। प्रदेशको ४ क बाट इन्दु यादव, जुगल कुमार यादव र राजु साह तथा प्रदेश ४ ख बाट किरण कुमारी सिंह, मोहन मण्डल र मकेश्वर यादव चयन भएका छन्।

त्यस्तै, समानुपातिकतर्फ महिला निर्मला कोइराला, शशिकला बराल, मधेसी पुरुषमा कमल राउत, रामनरेश मिश्र, खस आर्यबाट रामेश्वर घिमिरे, दलितबाट अम्बर परियार र अल्पसङ्ख्यकबाट राजेश्वर झालाई चयन गरिएको छ।

यसै गरी महाधिवेशन प्रतिनिधिमा तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री महेन्द्र यादव, पूर्व सांसद डा.चन्द्रमोहन यादव, क्षीरेश्वरनाथ नगरपालिका मेयर योगेन्द्र पजियार, बासुलाल महतो, राजकुमार महतो, धिरेन्द्र मोहन झा, समीर घिमिरे, सन्तोष यादव, कोमलकान्त झा, नवकिशोर यादव सरु लमा छन्।

यस्तै तुल्सा आचार्य, सरिता यादव र रचना श्रेष्ठ माथेमा, वीरेन्द्रकुमार सिंह, रामवरण पासमान, पवनदेवी दास, इब्राहिम राइन, निर्मला झा, मीनादेवी, विणा यादव, बुलन यादव, रामपदारथ यादव, अशोक ठाकुर र मनोज मिश्रलाई सर्वसम्मतिले चयन गरिएको छ।

त्यस्तै महासमिति सदस्यहरूमा भने पुरुष तर्फबाट महेन्द्र यादव, डा. चन्द्रमोहन यादव, बासुलाल महतो, योगेन्द्र पजियार र सन्तोष यादव महिला तर्फबाट तुल्सा आचार्य र रचना माथेमा श्रेष्ठ छन्। समानुपातिक महिलाबाट बीना यादव, पुरुषबाट राजकुमार महतो, आदिवासी जनजातिबाट वीरेन्द्रप्रसाद सिंह र खस आर्यबाट समीर घिमिरेलाई चयन गरिएको छ। रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय