काठमाडौं– नेकपा (एमाले)का नेता भीम रावलले चितवनमा जारी १०औं राष्ट्रिय महाधिवेशनमा धाँधलीको संकेत देखिएको आरोप लगाएका छन्।

आइतबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै उनले दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु  धाँधलीको संकेत रहेको बताएका हुन् ।

‘दिनभरि बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राति ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन, धाँधलीको संकेत पनि हो,’ उनले लेखेका छन्,‘यसले जनताको बहुदलीय जनवादअन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय