document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 5014;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— सरकारले अफिकी मुलुकका नागरिकलाई यात्रा प्रतिबन्ध लगाएको छ ।
नयाँ प्रजातिको ओमिक्रन कोरोना भाइरसको संक्रमण अफ्रिकामा देखिएपछि यात्रा प्रतिबन्ध लगाएको हो ।
गृह मन्त्रालयले अफ्रिकी नागरिकहरुलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउन अध्यागमन विभाग, त्रिभुवन विमानस्थल र सीमा क्षेत्रका कार्यालयहरुलाई निर्देशन दिएको छ ।
परिपत्र नै पठाएर यस्तो निर्देशन दिइएको गृहले जनाएको छ । अफ्रिकी महादेशबाट त्यहाँका नागरिक कूटनीतिक, अफिसियल र आपतकालिन कामबाहेक अर्को व्यवस्था नभएसम्म नेपाल प्रवेश गर्न पाउनेछैनन् ।
दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको नयाँ प्रजातिको कोरोना भाइरस विश्वका कतिपय देशमा भेटिइसकेको छ । यो प्रजाति कडा खालको भाइरस भएकाले सतर्कता अपनाउन भनिएको छ ।
विश्वका कतिपय देशहरुले अफ्रिकी मुलुकबाट यात्रा प्रतिबन्ध लगाइसकेका छन् । कतिपयले अफ्रिकाबाट आउने यात्रीलाई अनिवार्य क्वारेन्टाइनको नियम लागू गरेको छ ।










