काठमाडाैं— नेपाल कम्युनिस्ट पार्टी (एमाले )का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट आन्दोलन,विचार जनप्रतिनिधि र  जनमतका हिसाबले अहिले  पनि एमाले पहिलो शक्ति रहेको बताएका छन् ।

देशभरका वडाधिवेशनलाई भर्चुअल माध्यमबाट शनिबार  सम्बोधन गर्दै उनले पार्टी शक्तिको स्रोत, पार्टीको सार्वभौमसत्ता भनेको पार्टी सदस्य र कार्यकर्ता भएको बताए ।

लोकतन्त्रको  उन्नत अभ्यासका रूपमा सहमति, एकता  र समझदारीसाथ  नेतृत्व  चयन गर्न आग्रह गर्दै प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीले भने ,“लोकतन्त्र भन्ने बित्तिकै चुनावमात्र बुझ्ने  समस्या पनि छ । चुनाव एउटा उन्नत पक्ष हो  । समझदारी अझ उन्नतस्तर को   लोकतन्त्र  हो  ।  त्यस  अभ्यासलाई पनि लोकतन्त्रभित्र राख्नुपर्दछ ।” गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip