सप्तरी— सप्तरीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एकजना गम्भिर घाइते भएका छन् ।

पुर्ब-पश्‍चिम राजमार्गमा पश्‍चिमबाट पुर्वतर्फ जाँदै गरेको बा. ५६ प २५१५ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको स. ५ प ८४३४ नम्बरको मोटरसाईकल सप्तरीको खडक नगरपालिका ४ अमहास्थित एकआपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा बा. ५६ प २५१५ नम्बरको मोटरसाईकलमा सवार झापाको शिवसतासी नगरपालिका वडा नं ६ बस्ने बर्ष २२ को विवेक सापकोटा र स. ५ प ८४३४ नम्बरको मोटरसाईकलमा सवार झापाकै भद्रपुर नगरपालिका ४ बस्ने बर्ष २१ को दयाराम सिंह राजवंशीको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

दुर्घटनामा स. ५ प ८४३४ नम्बरको मोटरसाईकलमा सवारमा महोत्तरीको मटिहानी नगरपालिका वडा नं ७ बस्ने ३५ बर्षका चन्दन कुमार साह गम्भिर घाईते भएका छन । उनलाई उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय