document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4791;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम— प्रदेश २ मा जनता समाजवादी पार्टीका ११ जना सांसदले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् ।
बुधबार जनकपुरधामस्थित प्रदेश २ निर्वाचन कार्यालय पुगेर उनीहरूले लोसपामा सनाखत गरेका हुन् ।
बुधबार निर्वाचन कार्यालयमा सनाखत गर्ने प्रदेश सांसदहरूमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरी नरायाण साह, जानकी शरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो छन् ।
तर, निर्वाचन आयोगले सनाखतको समय भदौ २२ सम्म दिएकोले लोसपामा जाने सासदको संख्या बढ्ने बताइएको छ ।
अहिले प्रदेश सभामा जनता समाजवादी पार्टीका ५५ जना सासद रहेका छन् । ५५ मध्ये तत्कालिन संघीय समाजवादी पार्टीका ३० र राजपाका २५ जना सासद रहेका छन् ।
लोसपाका सासद तथा निर्वातमान भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले लोसपा सनाखत गर्नेको संख्या बढ्ने बताए । उनले भने, ‘मलाई केही माननीय सासदहरू बिहीबार सनाखत गछौ ।’
न्युज कारखाना










