विशेष रिपोर्ट

लुम्बिनीका कमजोर माधव नेपाल: समानुपातिक सांसदले इज्जत जोगाइदिइन्

0 Shares दाङ— लुम्बिनी प्रदेशसभामा माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी कमजोर देखिएको छ । झण्डै शून्य अवस्थामा रहेको नेकपा (एस)लाई पाल्पाकी एक समानुपातिक सांसदले इज्जत […]
[sharethis-inline-buttons]
लुम्बिनीका कमजोर माधव नेपाल: समानुपातिक सांसदले इज्जत जोगाइदिइन्

दाङ— लुम्बिनी प्रदेशसभामा माधव नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टी कमजोर देखिएको छ ।

झण्डै शून्य अवस्थामा रहेको नेकपा (एस)लाई पाल्पाकी एक समानुपातिक सांसदले इज्जत जोगाइदिएकी छन् ।

प्रभावशासली नेता सबै एमालेमै रहेको लुम्बिनी प्रदेशमा लुम्बिनी प्रदेशसभाकी एमाले सांसद रमा घर्ती मगरले मंगलबार प्रदेश निर्वाचन कार्यालय दाङमा नेकपा (एस)मा सनाखत गरेकी हुन् ।

नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले निर्वाचन कार्यालयमा गएर समाजवादी रोजेकी हुन् । उनी समानुपातिकतर्फ निर्वाचित सांसद हुन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख मीनराज भट्टराईको रोहवरमा घर्तीको हस्ताक्षर सनाखत भएको निर्वाचन कार्यालयले जनाएको छ । घर्तीले एमालेका अरू केही सांसद पनि एकीकृत समाजवादीमा आउने दाबी गरेकी छन् । उनले आफ्नो दलको लुम्बिनीमा चार दलीय गठबन्धनलाई समर्थन रहने बताइन् ।

८० सदस्यीय प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा एमालेका ३७ जना सांसद थिए । घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ मा झरेको छ । पाँच दलीय गठबन्धसँग ४४ प्रदेशसभा सदस्य पुगेका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर