जनकपुरधाम— धनुषामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।
क्षीरेश्वरनाथ नगरपालिका– ३ स्थित पर्सा टोलका पुरन यादवको घरमा भइरहेको हनुमान आराधनामा भजन गाइरहेका लक्ष्मीनिया गाउँपालिका–३ बस्ने ५५ वर्षीय विन्दा दास र ५० वर्षका मनिराम यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानी परिरहेको बेला माइकलमा करेन्ट प्रवाह भइ उनीहरुलाई करेन्ट लागेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
प्रहरी निरिक्षक तिलक सुनारका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका दुबैजनाको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।
पोष्टमार्टमका लागि उनीहरुको शव अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक सुनारले बताए ।








