काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले आज (आइतबार) चारवटा जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गर्दै छ।

विभिन्न जिल्लामा कार्यकर्ता भेलालाई तिव्र पारेको ठाकुर पक्षले आज  सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा कार्यकर्ता भेला गर्ने बताएको छ।

सुनसरीमा डा. सुरेन्द्र झा, सन्तोष मेहता, जयप्रकाश ठाकुर, अरविन्द साहले सम्बोधन गर्नेछन् भने सर्लाहीमा राजेन्द्र महतो, जितेन्द्र सोनल, अभिराम शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

त्यस्तै,  रुपन्देहीमा सर्वेन्द्रनाथ शुक्ल,  उमाशंकर अरगरिया, कृष्णा सिंहले तथा कञ्चनपुरमा चन्द्रकान्त चौधरी, राजकुमार लेखी, दानबहादुर विश्वकर्माले सम्बोधन गर्ने कार्यक्रम छ।

निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिता दिएपछि महन्थ ठाकुर पक्ष देश दौडाहामा निस्किएको छ।

उक्त पक्षले साउन २२ गतेदेखि भदौ ९ गतेसम्मको अगुवा कार्यकर्ता भेलाको तालिका सार्वजनिक गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip