document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4322;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम— धनुषा प्रहरीको हिरासतमा एक थुनुवाको रहस्यमय मृत्यु भएको छ ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका २ सिनुरजोडा बस्ने ४० वर्षीय पल्टु रविदासको शव जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा शुक्रबार बिहान फेला परेको हो ।
उनले शौचालयको भेन्टिलेशनमा आफ्नै गञ्जीले पासो लगाई आत्महत्या गरेको धनुषा प्रहरीले जनाएको छ ।
बिहान साढे ४ बजेतिर शौचालयमा झुण्डेको अवस्थामा शव फेला परेको र घटना विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
भाइसंगको अपसी विवादमा ज्यान मार्ने उद्योग तथा अंगभंग मुद्दामा पक्राउ परेका रविदासलाई धनुषा जिल्ला अदालतले २ लाख रुपैयाँ धारौटीमा छाड्न आदेश दिएको थियो ।
तर आर्थिक अवस्था दयनीय भएको कारण धरौटी बुझाउन नसक्दा अदालतले उनलाई सिन्धुली कारागार पठाउन आदेश दिएको थियो । कारागार लैजानकै लागि हिरासतमा राखिएका रविदास तनावमा आत्महत्या गरेको प्रहरीको अनुमान छ ।
परिवारनले पल्टुको हत्या भएको दावी गर्दै घटनाको सुक्ष्म अनुसन्धान गर्न माग गरेका छन् । मानवअधिकारकर्मीहरुले घटनास्थलको बिहानै अबलोकन गरेका छन् ।
साभारः टुडेपाटी










