document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4218;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम— चर्चित गायक शैलेश मिश्रको रुप रैछ ज्योति झैं टल्कने गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली लोक आधुनिक लयमा आधारित ‘रुप रैछ ज्योति झैं टल्कने’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
गायक मिश्र तथा गायिका शान्ति थापाको स्वरमा रहेको उक्त गीत Highlights Nepal नामक युटुब च्यानलमार्फत बिहिवार सार्वजानिक गरिएको हो ।
गीतमा दिपक रमनको संगीत तथा नारायण थापाूकल्पीतूको शब्द रचना रहेको गीतमा हिमांशु जङ्ग क्षेत्री र आश्मा थापाको फिचरिङ रहेको छ भने भरत लामाको कोरियोग्राफीमा अन्य कलाकारहरुको नृत्य देख्न सकिन्छ ।
चन्द्र लाल तामाङको निर्माण तथा निर्देशन रहेको यो भिडियोको क्रेटिभ डाइरेक्टरको भूमिका कुमार गजुरेलले निभाएका छन् भने सम्पादन बिष्णु जिसीको रहेको छ । त्यस्तै गरी श्रृंगारमा ज्ञानु जङ्ग थापाले सहयोग गरेका छन् ।









