जनकपुरधाम— कमला नदीको धनुषातर्फको बाँध कटान नियन्त्रणको कार्य प्रारम्भ गरिएको छ ।

पूर्वमन्त्री मातृकाप्रसाद यादवका अनुसार तटबन्ध कटान रोक्न ऊर्जा मन्त्रालयबाट तत्कालै रु ५० लाख निकासा भई प्रभावित स्थानमा कार्य प्रारम्भ गरिएको हो ।

कमला नदीको बाढीले धनुषातर्फको किरतपुर र ढोलबज्जमा बाँध कटान गरिएकाले बाँधको ६०० मिटर बाँध जोखिममा परेको कमला नदी नियन्त्रण आयोजनाले जनाएको छ ।

सोका कारण सबैला नगरपालिका, शहीदनगरपालिका, कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकाका गाउँ डुबानमा पर्ने जोखिम देखिएको छ ।

पूर्वमन्त्री यादवले कमला नदीको बहावमाथि निरन्तर निगरानी गरिएको र तटबन्धका विषयमा आजै अर्थमन्त्री जनार्दन शर्मा तथा ऊर्जा जलस्रोत र सिँचाइमन्त्री पम्फा भुसालसँग भएको कुराकानीमा तटबन्ध नियन्त्रण समस्याको दीर्घकालीन समाधानका निम्ति पहल गर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले डुबान हुनसक्ने स्थानमा स्थानीयलाई सजग गराइएको छ भने बाँध मर्मतका लागि सेना र प्रहरी परिचालन गरिएको छ भन्नुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय