जनकपुरधाम— धनुषामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको ज्यान गएको छ ।
आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाको बटेश्वर गाउँपालिका २ का २२ वर्षीय अर्जुन भनिने दलबहादुर आलेको मृत्यु भएको प्रहरी चौकी बटेश्वरले जनाएको छ ।
आइतबार राति ११ बजेको समयमा बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित डाँडा टोलबाट घर फर्किने क्रममा आँफैले चलाएको बा ५२ प ४२८३ नम्बरको मोटरसाइकल रमौली टोल र पाटो टोलको बीचमा अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका युवक आलेको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
आलेले अत्यधिक मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउदा दुर्घटना भएको धनुषा प्रहरीले जनाएको छ ।









