document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3839;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडाैं— उपत्यकाका तीनवटै जिल्लामा निजी तथा सार्वजनिक सवारी साधनमा कायम गरिएको जोरबिजोर प्रणाली हटाइएको छ ।
कोरोना संक्रमणको दोस्रो चरण सुरुभएपछि १६ वैशाखबाट काठमाडौं उपत्यकाकामा जारी गरिएको निषेधाज्ञालाई एक साता थप गर्दै दुई साताअघि निजी र एक साताअघि सार्वजनिक सवारीमा लगाइएको निषेधाज्ञा भने हटाइएको हो ।
आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई एक साता थप गर्ने निर्णय गर्दै जोरबिजोर प्रणाली भने हटाएको हो । काठमाडौं, भक्तपुर र ललितपुरमा ७ असारदेखि निजी र १५ असारबाट सार्वजनिक सवारीमा जोरबिजोर लागू गरिएको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेधाज्ञा थप गरिएको तर निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली भने हटाइएको जानकारी दिए । तर, ती सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्रै सञ्चालन गर्न पाइनेछ । यो नियम २२ असारबाट लागू हुनेछ । यो निर्णयसँगै माइक्रोबस र टेम्पो पनि चल्न पाउनेछन् ।
यसैगरी सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन भने ढोकामा सेनिटाइजर राख्नुपर्ने छ । यस्तै यात्रुले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने छ भने चालक र सहचाकलले मास्कसहित भाइजर र पन्जा पनि लगाउनुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंद्वारा जारी आदेशमा उल्लेख छ ।
यस्तै सफा टेम्पो र निलो माइक्रोबसको हकमा सिटमा चार चार जना र चालक छेउमा एक जना यात्रु राख्न पाइनेछ । तर, सवारी साधनले दुईतर्फ सिटको बीच भागमा प्लस्टिकको छेकबार लगाउनुपर्ने मापदण्ड तोकिएको छ । राजधानी दैनिकमा खबर छ ।










