• विजय कुमार साह

ढल्केवर— धनुषाको गणेशमान चारनाथ नगरपालिकाको आइतबार भएको छैठौं नगर सभा भङ्ग हुनुपर्ने माग गरिएको छ ।

बन्द कोठामा नगरसभा गरेको र आम नगरबासीलाई सहभागी नगराएको आरोप लगाउँदै जनमत पार्टीका कार्यकर्ताले विरेन्द्रबजारस्थित नगरपालिकाको कार्यालय अगाडि बिरोध प्रदर्शन गर्दै नगरसभा भङ्ग हुनुपर्ने माग गरेका हुन् ।

नगरपालिका अगाडि भेला भएका जनमत पार्टीका कार्यकताले बन्द कोठामा नगरसभा गर्न पाइँदैन, नगरबासीको सहभागिता खोई, भ्रष्टाचारी मेयर मुर्दावाद जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका छन् ।

जनमत पार्टीका नगर अध्यक्ष रामभरोष यादवको नेतृत्वका विरोध प्रदर्शनका सहभागिहरुले पोर्ताहास्थित अस्थायी कोभिड अस्पताल नजिकै भइरहेको नगरसभा स्थलमा पुगेर चर्को नाराबाजी गरेका थिए ।

नगरसभा गर्नुअघि नगरसभा बारे नगरबासीले थाहा पाउने गरी सूचना सार्वजनिकक गर्नुपर्ने बाध्यातमक कानुनी व्यवस्था छ । तर नगर प्रमुख रामबाबु यादवले कसैलाई केही थाहा नगराई चोरेर बन्द कोठामा नगरसभा गरेको जनमत पार्टीका जिल्ला सदस्य सन्तोष कुमार दासले आरोप लगाए ।

नगरसभामा आम नागरिक र अन्य राजनैतिक दलका प्रतिनिधिलाई खोजिएको छैन । मयेर यादवले लठैत र प्रशासनको आडमा गरिएको नगरसभा मान्य नहुने सदस्य दासले बताए । उनले नगरपालिकामा भ्रष्टाचार पनि व्यापक भएको जनाए । सरकारले उपलब्ध गराइउँदै आएको वर्षैपिच्छे कराडौंको बजेट यहाँका जनप्रतिनिधिले कुम्ल्याउने गरेको आरोप समेत उनले लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Skip