ढल्केवर— कम्युनिष्ट नेता कमल घिमिरेको निधनप्रति नेपाल कम्युनिष्ट पार्टीले दुख व्यक्त गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीले पार्टीका केन्द्रिय सदस्य समेत रहेका सिन्धुलीका पुराना कम्युनिष्ट नेता घिमिरेको शुक्रवार साँझ भएको दुःखद निधनको खबरले स्तब्ध र भावबिह्वल बनाएको बताएको छ ।

शनिवार नेपाल कम्युनिष्ट पार्टीका प्रदेश नं २ का अध्यक्ष रामदुलार महतोले एक शोक वक्तव्य जारी गर्दै मृतकप्रति उच्च सम्मानकासाथ हार्दिक श्रद्धाञ्जली र शोक सन्तप्त परिबार, मित्रगण तथा सहयोद्धा साथीहरुमा गहिरो समवेदना समेत व्यक्त गरेको छ ।

शोक वक्तव्यमा भनिएको– ‘बिरामी परेर बिछ्रयौनामा असक्त रहँदा पनि नेपाली कम्युनिष्ट आन्दोलनको चिन्ता गर्ने, यसमा उत्पन्न भएका बृकृति र बिसंगति औंल्याउने तथा आफुले क्रियाशील हुन सकेको बेला हर हमेशा नेपाली मजदुर किसानका समस्यालाई लिएर प्रशासनसँग लड्ने एक लडाकु र निष्ठाबान कमरेड घिमिरे कमरेड पुष्पललालका एक सच्चा अनुयायी र क्रान्तिकारी भावनाले ओतप्रोत भएको ब्यक्तित्व हुनुहुथ्यो । यस्ता कमरेडलाई गुमाउन पर्दा नेपालको कम्युनिष्ट आन्दोलन र नेपाल कम्युनिष्ट पार्टीलाई ठूलो क्षति पुगेको छ ।

उहाँको यो शोकलाई शक्तिमा बदल्न हामीले जनता र देशप्रति समर्पित, निष्ठाबान र अनुशासित सबै क्रान्तिकारी कम्युनिष्ठहरुलाई एकजुट पारेर देशमा आमूल् परिबर्तन ल्याउन अग्रसर हुन सक्नु पर्दछ । उहाँको क्रान्तिकारी जीवन र संघर्षले हामी सबै कम्युनिष्टहरुलाई यही प्रेरणा देओस् भन्ने कामना गर्दछु । कमरेड कमल घिमिरे अमर रहुन् !’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय