document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 3383;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
बेनी– जोमसोम सडकखण्डअन्र्तगत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्ले गलेश्वर बजार कटान र पहिरोको जोखिममा परेको छ ।
गलेश्वर–पिप्ले जोड्ने सडकमा चलेको पहिरो रोकथाम र संरक्षणको काम नहुँदा बस्ती जोखिममा परेको हो । वर्षा आउँदा रातमा बस्न नै नसक्ने अवस्था सिर्जना भएको स्थानीयबासी मिम थकालीले जानकारी दिए।
उनका अनुसार, पिप्ले गलेश्वरमा २२ परिवारको वसोवास रहेको छ । ‘‘बस्ती माथिको पाखो लस्किएको छ, गत वर्षदेखि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको हो, एक वर्षमा गलेश्वर–पिप्ले खण्डको सडकमा सिर्जित पहिरो नियन्त्रण, भलबाढी व्यवस्थापन र बस्ती संरक्षणमा केही काम हुन नसक्ुन अत्यन्तै दुखदायीपूर्ण हो’’, थकालीले भने।
पिप्ले गलेश्वरका स्थानीयवासी बर्षा आउँदा वारिपट्टी रहेको बेनी नगरपालिका–९ गलेश्वरमा आश्रय लिनुपर्ने बाध्यता आएको छ । यसै बस्ती समेटिएको बेनी–जोमसोम सडक माथिबाट पहिरो खस्ने, सडक हिलाम्मे हुने समस्याले सवारी आगमन समेत प्रभावित हुँदै आएको छ । पटकपटक बस्तीमा बाढीसहितको हिलोको सास्ती स्थानीयबासीले व्यहोर्दै आएका छन् ।
यसैबीच गलेश्वरस्थित राहुघाट नदीमा निर्माणाधीन पक्की पुलको संरक्षणको लागि नदी किनारमा बनाइएको ग्याबिन जालीबाट नदीले कटान शुरु गरेको छ । स्तरीय तरिकाले ग्याबिन जालीसहितको संरक्षणको काम नगरेकाले कटान शुरु भएको र यसले बस्तीतर्फ थप नदी कटानको जोखिम बढाएको स्थानीयबासीको भनाइ छ । रासस









