ढल्केवर— धनुषाको मिथिला नगरपालिकामा पिछडावर्ग ओबिसी महासभाको नगरस्तरिय कमिटी गठन भएको छ ।

शनिवार धनुषाको ढल्केवरमा पिछडावर्ग ओबिसी महासभाको केन्द्रीय उपाध्यक्ष सुरेश यादवको अध्यक्षतामा भएको एक भेलाले रामजी साहको अध्यक्षतामा १९ सदस्यीय नगरस्तरिय कमिटी गठन भएको हो ।

गठित समितिको उपाध्यक्षमा संगम कुमारी महतो अर्का उपाध्यक्षमा सावित्री देवी, कोषाध्यक्षमा उर्मीला देवी ठाकुर, सचिवमा वकिल कुमार महतो र सहसचिवमा फुलवती कुमारी महतो रहेका छन् ।

समिति गठन गर्ने क्रममा पिछडावर्ग ओबिसी महासभा केन्द्रीय अध्यक्ष राम कुमार महतो, केन्द्रीय सहमहासचिव नागेन्द्र सिंह, नेपाल पिछडावर्ग युवा संघका केन्द्रीय अध्यक्ष राजु कुमार सिंहलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय