विशेष रिपोर्ट

‘विवाह गर्छु’ भन्ने विश्वास दिलाएर किशोरी बलात्कार गर्ने युवक पक्राउ

0 Shares काठमाडौं- विवाह गर्छु भनेर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उप–महानगरपालिका–१० घर भएका रमेश हजरालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी […]
[sharethis-inline-buttons]
‘विवाह गर्छु’ भन्ने विश्वास दिलाएर किशोरी बलात्कार गर्ने युवक पक्राउ

काठमाडौं- विवाह गर्छु भनेर किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बाराको जितपुर सिमरा उप–महानगरपालिका–१० घर भएका रमेश हजरालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई पक्राउ गरेको हो । ३० वर्षीय पासवानले वीरगन्जकी १७ वर्षीय किशोरीलाई ‘विवाह गर्छु’ भन्ने विश्वास दिलाएर पटक–पटक बलात्कार गरेको बताइएको छ ।

वीरगञ्जस्थित एउटा लजमा लगेर उनले किशोरीलाई पटक–पटक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता (डिएसपी) ओम प्रकाश खनालले बताए ।  किशोरीसँग प्रेमको बहाना बनाएर नजिकिएका रमेश आफ्नो स्वार्थ पुरा भएपछि सम्पर्कमा आउन छाडेका थिए । अनि, किशोरी प्रहरीको सम्पर्कमा गएकी हुन् । किशोरीको तर्फबाट आमाले फागुन २१ मा पर्सा प्रहरीमा जबर्जस्ती करणीको जाहेरी दिएकी थिइन् ।

साभारः रातोपाटी

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर