विशेष रिपोर्ट

सिरहामा ८५० भन्दा बढी सवारी साधन कारवाहीमा

0 Shares लहान- विगत एक महिनाको अवधिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गोल बजारले ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० भन्दा बढी सवारी साधनलाई कारवाही गरेको छ […]
[sharethis-inline-buttons]
सिरहामा ८५० भन्दा बढी सवारी साधन कारवाहीमा
प्रतिकात्मक तस्बिर

लहान- विगत एक महिनाको अवधिमा अस्थायी ट्राफिक प्रहरी पोष्ट गोल बजारले ट्राफिक नियम उल्लङ्घन गर्ने ८५० भन्दा बढी सवारी साधनलाई कारवाही गरेको छ ।

गत फागुन १ देखि २९ गतेसम्मका अवधिमा आफ्नो क्षेत्रबाट ८५० सवारी साधनलाई कारवाही गरी रु पाँच लाख १० हजार राजश्व सङ्कलन गरिएको छ ।

ट्राफिक जाँचका क्रममा सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेको अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक सुरेश प्रसाद यादवले जानकारी दिए । ओभरलोड, प्रायोजन विपरीत प्रयोग भएका सवारी साधन, दुई जनाभन्दा बढी चढेका तथा हेल्मेट नलगाई चलाएका मोटरसाइकललगायत सवारी साधनलाई कारवाही गरिएको उनले बताए । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर