document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2480;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- मिथिला मध्यमिकी परिक्रमा आजदेखि शुरू भएको छ।
फागुन औंसीदेखि पूर्णिमासम्म चल्ने परिक्रमामा धनुषा, महोत्तरी र भारत विहारका दर्जनौं धार्मिक ऐतिहासिक ठाउँहरूको १२० किलोमिटर यात्रा हुँदै आएको छ।
पहिलो दिन धनुषाको कचुरीमा रहेको मिथिला विहारी मन्दिरबाट झाँकीकीर्तनसहित रामजानकीको डोला जनकपुरधामको रत्नसाग मठ हुँदै जानकी मन्दिर पुर्याउने गरिन्छ।
जानकीको डोलासँगै जनकपुरका विभिन्न मठमन्दिरबाट ल्याइएका डोलाहरू समावेश गरेर परिक्रमा यात्रा हुने गर्दछ।
बृहत, मध्य र अन्तरगृह गरी तीन प्रकारको परिक्रमा गरिन्छ। डोलामा पछिपछि परम्परागत बाजागाजा, झाँकीकीर्तनसहितका मौलिक पहिरनमा लाखौंको सहभागिता रहने गर्छ।
१५ दिने परिक्रमाअन्तर्गत जनकपुरको हनुमान नगर, विहारको कलनास्थित कल्यानेश्वर महादेव, फूलहरमा रहेको गिरिजा स्थान, करुण, विसौल, महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, धुव्रकुण्ड, कञ्चनवन, पर्वता, धनुषाको धनुषाधाम, सतोखर, औरही र यात्राको अन्तिम दिन अर्थात् १५औं दिनमा जनकपुरको अन्तरगृह परिक्रमा गरी मध्यमा मिथिला परिक्रमा सम्पन्न हुन्छ।
रामजानकीको डोलासँगै परिक्रमा गर्दा विभिन्न प्रकारका रोग, दुःख, कष्ट कलेशबाट मुक्ति प्राप्त हुने धार्मिक विश्वास छ।
यस परिक्रमामा नेपालको धनुषा, सिरहा, सप्तरी, महोत्तरी, सर्लाही र सीमावर्ती भारतीय राज्य विहारको सीतामढी, मधुबनी, दरभंगा सहितका जिल्लाबाट लाखौं श्रद्धालुभक्तजन र साधुसन्तहरूको सहभागिता रहने गर्छ।
टुडेपाटी









