विशेष रिपोर्ट

धनुषामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ

0 Shares ढल्केवर- धनुषामा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ । मिथिला नगरपालिकामा बालिका बलात्कार गरेको आरोपमा छिमेकी ६५ […]
[sharethis-inline-buttons]
धनुषामा ७ वर्षीय बालिका बलात्कार गरेको आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ
प्रतिकात्मक तस्बिर

ढल्केवर- धनुषामा ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ ।

मिथिला नगरपालिकामा बालिका बलात्कार गरेको आरोपमा छिमेकी ६५ वर्षीय कुमारबहादुर मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषका प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रका अनुसार आइतबार दिउँसो कुखुरा फर्ममा बालिकालाई बोलाएर ती बृद्धले जबरजस्ती करणी गरेका थिए ।

मगरलाई इलाका प्रहरी कार्यालय ढल्केबरको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

सोमबार सार्वजनिक बिदा भएकोले मंगलबार जिल्ला अदालतमाबाट म्याद थप हुने उनले बताए ।

पीडित बालिकाको प्रदेशिक अस्पताल जनकपुरमा स्वास्थ्य परीक्षण गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मिश्रले जनाए ।

-टुडेपाटी

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर