document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2412;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
महोत्तरी- वेश्यावृत्ति गराएकाे आरोपमा महोत्तरीको बर्दिबासस्थित एक होटेल सञ्चालक पक्राउ परेका छन । बर्दिबास– १ स्थित देउराली होटेल एन्ड लजका सञ्चालक तिलबहादुर थापालाई वेश्यावृत्ति गरेको गोप्य सूचनाका आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए ।
पक्राउपछि महोत्तरी जिल्ला अदालतबाट पहिलोपटक सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको पनि प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बर्दिबासमा उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको मुद्दासमेत दर्ता भएको छ ।
होटेलमा छापा मार्न पुगेको प्रहरीले हाेटेलमा दुईजना युवतीसमेत फेला पारेको थियो । उनीहरूलाई परिवारको जिम्मामा छोडिएको डिएसपी विष्टले बताए । बर्दिबासका अन्य विभिन्न होटेलहरूमा समेत देहव्यापार चलिरहेको सूचनासमेत रहेको र प्रहरीले त्यस्तो क्रियाकलापमाथि निगरानी राखिरहेको उनले बताए ।
विगतमा महोत्तरी सदरमुकाम जलेश्वरका होटेलहरुमा यौन धन्दा हुने गरेकोमा महोत्तरीका तत्कालीन एसपी श्यामकृष्ण अधिकारीको अगुवाइमा होटेलहरूमा कडाइ गरिएपछि त्यस्तो क्रियाकलाप रोकिएको थियो ।
साभारः नयाँ पत्रिका









