document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2396;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफू अनुकूल व्याख्या गरेर भनेर अदालतलाई दबाब दिनु अनुचित भएको बताएका छन् । तनहुँको देवघाट गाउँपालिका–५ मा निर्माण सम्पन्न भएको सभाहलको आज उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिए ।
स्वतन्त्र न्यायपालिका र संविधानको व्याख्याताको रुपमा रहेको सर्वोच्च अदालतको अन्तिम फैसलालाई सबैले स्वीकार गर्नुपर्ने तिमिल्सिनाको भनाइ थियो । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसला गरेपछि देशको राजनीतिक अन्योलत हट्ने अध्यक्ष तिमिल्सिनाले बताए ।
अहिले सडकमा लगाइएका नारा र आपसी गालीगलौज जनतालाई निराश तुल्याउनाका साथै समृद्ध नेपाल निर्माणमा असहयोग उत्पन्न गराएको उनको भनाई थियो । बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले देवघाट गाउँपालिका तनहुँ जिल्लामा पर्ने भए पनि बृहत चितवन उपत्यकाभित्र देवघाटलाई समेटेर बागमती प्रदेश सरकारमार्फत पूर्वाधार निर्माणको काम अगाडि बढाइने बताए ।
देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले गाउँपालिकामा पूर्वाधार निर्माणको कामले गति लिएको भन्दै समृद्ध देवघाट निर्माणका लागि आफूहरु लागि परेको बताए ।
गण्डकी सरकारको ६० प्रतिशत र देवघाट गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा रु ९५ लाख ५४ हजारको लागतमा सभाहल निर्माण गरिएको हो । पाँच रोपनी क्षेत्रफलमा फैलिएको सो सभाहलमा ३०० क्षमताको हल र दुई वटा साना कोठा रहेको छ । रासस









