document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2203;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
महोत्तरी- महोत्तरीको बर्दिबासमा एक पुरुषको शव शौचालयमा भेटिएको छ । बर्दिवासमा पान पसल सञ्चालन गर्दै आएका बेचन महतोको शव बर्दिबास नगरपालिका वडा नं. १४ मा निकेश श्रेष्ठको घरको शौचालयमा भेटिएको हो ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक बालिष्टर सिंहका जानकारी अनुसार शवको प्रकृति हेर्दा अत्याधिक मदिरापन सेवनबाट महतोको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेका छन् ।
मृतक बेचन निकेश र सोही ठाउँ बस्ने रोहित महतो घनिष्ट साथी भएको र उनीहरुलाई भेट्न बुधबार साँझ बेचन उनको घर गएका थिए ।
मृतक महतोको घर धनुषा जिल्लाको मुखियापट्टी मुसहनियाँ भएपनि बिगत ४ बर्षदेखि बर्दिबासमा पान पसल सञ्चालन गर्दै आएका थिए । उनको बर्दिबास वडा नं-१४ मै ससुराली भएपनि श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको छ ।
मृतक महतोको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।









