document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2196;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
मुम्बई- बलिउडमा सबैभन्दा पहिले कोरोना संक्रमित हुने सेलिब्रेटी हुन् गायिका कनिका कपुर । यसैको कारण कनिका गुगलमा सबैभन्दा बढी सर्च हुने ब्यक्तिको लिष्टमा समेत परेकी छन् । गुगलले हालै वर्षभरिको सर्च रिजल्ट सार्वजनिक गरेको छ । जसमा बलिउडबाट सबैभन्दा पहिलो स्थानमा कनिक कपुरको नाम सामेल छ ।
गुगलले सार्वजनिक गरेको डाटाको पहिलो स्थानमा अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेन रहेका छन् । बलिउडको कुरा गर्दा कनिका सबैभन्दा बढी सर्च गरिएकी छन् । कनिकाको अलवा यो लिष्टमा अमिताभ बच्चन, कंगना रनौत, रिया चक्रवर्ती र अंकिता लोखन्डे जस्ता ठुला स्टार समेत रहेका छन् ।
देशमा कोरोना संक्रमण सुरुवातको क्रममै कनिका कोरोना संक्रमित भएकी थिइन् । उक्त समय कनिका आलोचित पनि भएकी थिइन् । किनभने कोरोना पोजेटिभ भएपनि उनले केही पार्टी र कार्यक्रममा पनि सहभागीता जनाएकी थिइन् । सामाजिक सञ्जालमा उनको धेरै आलोचना पनि भएको थियो । त्यसपछि उनी केही दिन अस्पतालको आइसोलेनमा बसेर पुरै ठिक भएकी थिइन् । एजेन्सी









