document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 2194;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- बारामा चोरीका मोटरसाइकलसहित २ जना पक्राउ परेका छन् ।
बिहीबार बिहान बाराको निजगढ नगरपालिका ९ स्थित पूर्व पश्चिम राजमार्गमा चकेजाँच गर्ने क्रममा २ जना मोटरसाइकलसहित पक्राउ परेका हुन् । पक्राउ पर्नेमा बाराकै निजगढ ७ बस्ने २२ वर्षीय मानबहादुर श्रेष्ठ र सोही ठाउँ बस्ने कृष्ण दर्लामी मगर रहेका छन् ।
उनीहरुको साथबाट चोरी गरी ल्याइएको बा ९७ प ३१०९ र बा६८प ५५९५ नम्बरका २ ओटा पल्सर मोटरसाईकल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।









