काठमाडौं- उच्च अदालत सुर्खेतले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा नवराज विकसहित छ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्येका पाँच जनासँग जनही रु एक÷एक लाख धरौटी माग गरेको छ ।
मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इजलासले बिहीबार घटनाका ३४ जना अभियुक्तमध्ये भिमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र शौरभ पुनको हकमा उक्त रकम धरौटी माग्दै छाड्न आदेश दिएको हो ।










