विशेष रिपोर्ट

सिरहामा २३ वर्षीय महिला बलात्कार गरेको आरोपमा मुस्लिम धर्मगुरु पक्राउ

657 Shares सिरहा- सिरहामा बलात्कारको आरोपमा एक मौलवीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको लहानमा मुस्लिम धर्मगुरु मौलवी झारफुकको नाममा बलात्कार गरेको आरोपमा पक्राउ परेका […]
[sharethis-inline-buttons]
सिरहामा २३ वर्षीय महिला बलात्कार गरेको आरोपमा मुस्लिम धर्मगुरु पक्राउ

सिरहा- सिरहामा बलात्कारको आरोपमा एक मौलवीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको लहानमा मुस्लिम धर्मगुरु मौलवी झारफुकको नाममा बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । लहानस्थित डेराबाट मुस्लिम धर्मगुरु मौलवी (हजरत) लाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक उमाशंकर पजियारले जानकारी दिए ।

पक्राउ पर्नेमा मिर्चैया नगरपालिका वडा नम्बर १० स्थित महेशपुर गाउँका ३५ वर्षीय मोहम्मद अली हसनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक पजियारले जानकारी दिए । उनीमाथि जबर्जस्ती करणी मुद्दामा सरकारी वकिल कार्यालय सिरहामार्फत (अदालतबाट) ५ दिनको म्याद लिई अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

मंगलबार साँझ लहान नगरपालिका वडा नम्बर ७ की २३ वर्षीया मुस्लिम महिला समान्य बिरामी परेपछि धर्मगुरुसँग झारफुक गराउन उनको डेरामा गएकी थिइन् । मौलवीले झारफुकको बहानामा बलात्कार गरेका भन्दै परिवारजनलाई बताएपछि सो घटना प्रहरीमा पुगेको थियो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर