document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1949;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
रौतहट- जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहने नैतिकता समाप्त भएको बताएका छन् । रौतहटको देवाही गोनाही नगरपालिकामा सोमबार आयोजित शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष यादवले सो टिप्पणी गरेका हुन् ।
‘आफैले निर्माण गरेको संविधान उल्ट्याउनु र सरकारको नेतृत्व गरेर बस्न अब प्रधानमन्त्री ओलीलाई नैतिकताले दिँदैन’ अध्यक्ष यादवले भने । अध्यक्ष यादवले संघीय सरकारले प्रदेश सरकारको सबै अधिकार कटौती गरेको आरोप लगाउँदै अब सरकारविरुद्ध अर्को आन्दोलनको आवश्यकता रहेको चेतावनी समेत दिए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले भने– ‘प्रदेश सरकारको आफ्नो शासन, आफ्नो प्रशासन र आफनै नियम कानुन हुन्छ तर संघीय सरकारले सबै अधिकार कटौती गरेको छ । मधेसी जनताको अधिकार र पहिचानको लागि फ़ेरि अर्को आन्दोलनको आवश्यकता देखिँदै गएको छ ।’ उक्त आन्दोलनको नेतृत्व जनता समाजवादी पार्टीले लिन तयार रहेको समेत उनले बताए ।
कार्यक्रममा अर्का नेता राजकिशोर यादवले इतिहासका हरेक आन्दोलनमा रौतहटका जनताको अग्रणी भूमिका रहेको बताउदैं अधिकारको लडाइँमा साथ दिन आग्रह गरे । कार्यक्रममा प्रदेश २ का भूमी ब्यवस्था तथा कृषि राज्यमन्त्री योगेन्द्र यादवले नेकपा सरकारले मधेसी जनताको आँखामा छारो हालिरहेकाले सजग रहनुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रदेश सांसद रामकिसोर यादव , जसपाका केन्द्रीय सदस्य बिन्देश्वर यादव लगायतले बोलेका थिए । सोही अवसरमा काँग्रेस नेकपा परित्याग गरि दर्जनौं नेता कार्यकर्ता राजपामा प्रवेश गरेका थिए । पार्टी अध्यक्ष यादवले नवप्रवेसिलाई माला र टीका लगाई स्वागत गरेका थिए ।
साभारः रातोपाटी









