विशेष रिपोर्ट

सिरहामा थप एक कोरोना संक्रमितको मृत्यु

0 Shares सिरहा- सिरहामा कोरोना संक्रमणबाट थप एक पुरुषको  मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका १ बिर्ता निबासी  ६५ वर्षीय पुरुष रहेका […]
[sharethis-inline-buttons]
सिरहामा थप एक कोरोना संक्रमितको मृत्यु

सिरहा- सिरहामा कोरोना संक्रमणबाट थप एक पुरुषको  मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका १ बिर्ता निबासी  ६५ वर्षीय पुरुष रहेका छन् । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा ती पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।

कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ती पुरुषको उपचारको क्रममा विराटनगरमा मृत्यु भएको हो । लामो समयदेखि  सुगर र किड्नीको बिरामी रहेका उनलाई  आइसोलेसनमा राखेर उपचार गरिरहँदा  मृत्यु भएको यादवले बताए । यादवकाअनुसार योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या २१ पुगेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर