विशेष रिपोर्ट

महोत्तरीका सिमानाकाहरु आजदेखि पुनः सञ्चालनमा

0 Shares महोत्तरी- भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको महोत्तरीका सीमानाकाहरु आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन् । कोरोनाभाइरसलाई दृष्टिगत गर्दै […]
[sharethis-inline-buttons]
महोत्तरीका सिमानाकाहरु आजदेखि पुनः सञ्चालनमा

महोत्तरी- भारतको विहार राज्यमा भएको विधानसभा निर्वाचनलाई दृष्टिगत गर्दै बन्द गरिएको महोत्तरीका सीमानाकाहरु आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन् ।

कोरोनाभाइरसलाई दृष्टिगत गर्दै मुख्य प्रवेशद्वारहरु बन्द गरिए पनि अन्य स्थानबाट आवतजावत पुनः सञ्चालन रहेकामा विहारमा भएको विभिन्न चरणको चुनावमा पटकपटक सामान्य आवतजावत पनि बन्द गरिएको थियो ।

पछिल्लोपटक शनिबार सम्पन्न अन्तिम चरणको चुनावको बेला महोत्तरीको करीब ३९ किलोमिटरको सीमानाका पूर्ण रुपेन बन्द गरिएकामा नेपाल भारत आवतजावत शुरु भएको हो । खुल्ला सीमानाका कारण वन तथा अन्य स्थानमा समेत भारतीय सुरक्षाकर्मीले कडा निगरानी बढाएपछि ठप्प रहेको आवतजावत शनिबार सम्पन्न अन्तिम चरणको चुनावपश्चात् पुनः सञ्चालन भएको हो । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर