document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1901;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
ढल्केवर- धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा मगही साहित्य साँझ कार्यक्रम हुने भएको छ ।
ढल्केवरस्थित रहेको श्री प्रतिभा युवा क्लवको आयोजनामा आगामी कात्तिक २८ गते ढल्केवरचौकमा मगही साहित्य साँझ कार्यक्रम गर्न लागिएको हो ।
कविता, गजल, गीत, नृत्य लगायतका सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको मगही भाषाका अभियन्ता फुलगेन मगहीले जानकारी दिए । कार्यक्रम मगही भाषाको उत्थान, संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उनले बताए । अभियन्ता मगहीका अनुसार कार्यक्रम साँझ ५ बजेदेखि सुरू हुने छ ।
कार्यक्रममा आफ्नो प्रस्तुती दिन ईच्छुक कालाकालहरुले कात्तिक २६ गतेभित्र नाम दर्ता गर्न गराउन सक्ने व्यवस्था गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा सहभागी कालाकारहरुलाई स-सम्मान पुरस्कारको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।









