document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1870;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
धनुषा- जिल्लाको मिथिला नगरपालिका वडा नं ३ हरिहरपुरमा अनाथ आश्रम निर्माण सुरु भएको छ ।
मिथिला नगरपालिकाका मेयर हरि नारायण महतो र कबिर बाल आश्रम जनकपुरको सञ्चालक सन्त सत्यनारायण आलोकले कबिर बाल आश्रम जनकपुरको शाखा निर्माणका लागि शिलान्यास गरेका छन ।
आउँ सबै मिलि समाज निर्माणका लागि एक कदम अगाडी बढौं, आफ्नो जीवनको सार्थकता बनाऔँ भन्ने मूलनाराका साथ आश्रम निर्माण सुरु गरेको सन्त आलोकले जानकारी दिए ।
जनकपुरधाम नगरीको राजा जनक रुपी बाबा सन्त सत्यनारायण आलोक साहेबको कार्य सफल तुल्याउन आफ्नो स्तरबाट सक्दो सहयोग गर्ने मेयर महतोले बताए ।
बालबालिका एवम समाज उत्थानका लागि हरिहरपुरको लताम बारीमा कबिर बाल आश्रमको शाखाको रुपमा निर्माण सुरु गरिएको हो ।
निर्माण सुरु गरिएको आश्रममा सक्दो सहयोग गर्न बाबा आलोकले आग्रह समेत गरेका छन ।
साभारः खोजकेन्द्र









