document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1864;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाममा पूर्ण रुपमा स्वचालित आर एन ए एक्सटेक्सन मेशिन खरिद गरेर थप भएको छ ।
यसअघि रहेको चार वटा पि सि आर मेसिनले काम गरिरहेको वेलामा प्रदेश सरकारले थोरै समयमा कोरोनाको परीक्षणको प्रतिवेदन दिने मेसिन खरिद गरेर प्रदान गरेको छ । बढीमा दुई घण्टामा कोरोनाको परीक्षणको प्रतिवेदन दिन सकिने भएको प्रयोगशालाका निर्देशक डा. श्रवण कुमार मिश्रले जानकारी दिनु भयो ।
एक पटकमा ९६ जनाको स्वावको परीक्षण गर्न मिल्ने अत्याधुनिक मेसिनलाई स्टल गर्ने काम भईरहेको प्रयोगशालाले जनाएको छ । यस अघि यू एन डि पीले प्रदान गरेको कम क्षमताको मेसिनलाई अन्य जिल्लामा पठाउने पनि डा. मिश्रले जानकारी दिनु भयो ।
अव कोरोनाको परीक्षणको परिणाम कुर्नका लागि बढी समय नलाग्ने भएको पनि प्रादेशिक प्रयोगशालाका प्रमुख डा मिश्रले जानकारी दिनु भयो ।









