document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1818;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
सप्तरी- दशैंको मेला हेरेर फर्किरहेकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले राजगढ गाउँपालिका–१ झुटकीका २२ वर्षीय मुकेशकुमार यादवलाई पक्राउ गरेको छ ।
बलात्कार प्रयासका आरोपित यादवलाई पक्राउ गरी आज जिल्ला अदालतबाट म्यादसमेत थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दशैंमा लागेको मेलाबाट घर फर्किरहेकी बालिकालाई यादवसहित २७ वर्षीय शैलेन्द्र यादव र २४ वर्षीय मिथलेशकुमार मण्डलले दशैंका दिन यही कात्तिक १० गते बलात्कार प्रयास गरेको पीडितले बताउनुभयो । बलात्कार प्रयास गरेको भन्दै पीडितका बुवाले जिल्ला प्रहरी कार्यालयमा कात्तिक ११ गते उजुरी दर्ता गराएका छन् ।
पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा मङ्गलबार स्वास्थ्य परीक्षण गरिएको छ । अन्य आरोपितको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक भुवनेश्वर साहले बताए । रासस









