document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1756;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
महोत्तरी- महोत्तरीसहित मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास छ । हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश नं. २ भित्र नै आज पर्वको उल्लास देखिएको हो ।
हिन्दू धर्मावलम्बी आज कोजाग्रत पूर्णिमा पर्व मनाउँदैछन् । पर्व विशेषले मिथिलामा आज मखान (गहिरो पानीभित्र फल्ने फलविशेष, यसको खेती पोखरीमा गरिन्छ) र पानको कारोबार ह्वात्तै बढेको छ । हिन्दू मैथिल परम्परामा कोजाग्रत पूर्र्णिमाका साँझ पान र मखान खाने गर्दछन् । यो परम्पराले गर्दा यस भेगका प्रत्येक जसो चोकबजार क्षेत्रमा मखान र पानका पसल आज देखिएको छ ।
कोजाग्रत पूर्णिमाको राती धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिने मैथिल परम्परा छ । रातभरी जागै बसेर महालक्ष्मीको आराधना गरिने हुँदा यो पूर्र्णिमालाई ‘कोजाग्रत’ (को जाग्न सक्छ ?) भनिएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा मुक्ति बताउनुहुन्छ ।
कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मी वैकुण्ठलोकबाट पृथ्वीतलमा विचरण गर्न आउने र जुन घरका कोठाकोठामा उज्यालो वत्ती छ, त्यहाँ छिरेर धनधान्यले पूर्ण गरिदिने विश्वासले यस दिन घरघरै उज्यालो प्रकाश बाल्ने चलन छ । नगदको कारोबार गर्दा लक्ष्मी खुशी हुने विश्वासले कोजाग्रतका राति विधिकै लागि पनि मैथिल कोडा (जुवा खेलिने कौडा) हान्ने गर्दछन् ।
त्यसैगरि यस भेगमा बाक्लो बसोवास बाहुल्यताका इस्लाम धर्मावलम्बी पनि आज धर्म प्रवत्र्तक हजरत मोहम्मदको उल्लासमय वातावरणमा जन्मदिन मनाउँदैछन् । ‘मोहम्मद डे’ भनिने यस पर्वमा मिष्टान्न परिकार खाने खुवाउने र मोहम्मदका उपदेश सुन्ने इस्लाम परम्परा छ । इस्लाम परम्पराको हिजरी सम्वत्को रविऔव्वल महिनाको १२ तारिखका दिन हजरत मोहम्मद पैगेम्वरको सउदी अरेबियाको मक्कामा जन्म भएको इस्लाम धर्मावलम्वी बताउँछन् । रासस









