विशेष रिपोर्ट

प्रदेश २ मा शुक्रवार सार्वजनिक विदा

0 Shares जनकपुरधाम- इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद सल्लाहुदिनको जन्मदिनको अवसरमा प्रदेश नं २ भरि प्रदेश सरकारले भोलि प्रदेश भरि सार्वजनिक विदा दिने निर्णय गरेको […]
[sharethis-inline-buttons]
प्रदेश २ मा शुक्रवार सार्वजनिक विदा

जनकपुरधाम- इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद सल्लाहुदिनको जन्मदिनको अवसरमा प्रदेश नं २ भरि प्रदेश सरकारले भोलि प्रदेश भरि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रदेश नंं २ का मुख्यमन्त्री लालबाबु राउतले पैगम्बर हजरतको जन्मदिनको अवसरमा शुभकामना मन्तव्य जारी गर्दैै प्रदेश भरिमा विदा दिने जानकारी दिए ।

मुख्यमन्त्री राउतले जारी गर्नु भएको शुभकामना सन्देशमा ‘ इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मद (स.) को जन्मदिनको अवसरमा सम्पूर्ण इस्लामधर्मावलम्बी तथा प्रदेशवासीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री राउतले प्रदेश तथा देशलाई शान्ति र अहिंसाको बाटोमा लान पैगम्बर हजरत मोहम्मद (स.) को प्रेरणादायी जीवन र उपदेशले सबैका लागि प्रेरणा प्रदान गरुन् भनेर कामना पनि गरेका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर