विशेष रिपोर्ट

सिरहामा पोखरीमा डुबेर दाजुभाइको मृत्यु

0 Shares सिरहा- पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार सेखका छोरा […]
[sharethis-inline-buttons]
सिरहामा पोखरीमा डुबेर दाजुभाइको मृत्यु

सिरहा- पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ।

मृत्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसान छन्।

सोमबार अपराह्न ३ बजेदेखि बेपत्ता दुवैको शव गाउँदेखि करीब ७०० मिटर पश्चिममा रहेको पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवालले जानकारी दिए।

माछा मार्ने वा नुहाउने क्रममा पोखरीमा पसेको र त्यसैमा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल ल्याइएको छ। रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर