document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1485;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
धनुषा- चर्चित एवं बहुप्रतिभाशाली गायक तथा संगीतकार रुद्रसेन विश्वकर्माको राष्ट्रप्रति समर्पित ‘हाम्रो प्यारो नेपाल’ राष्ट्रभक्ति गीतको भिडियो सार्वजनिक भएको छ ।
रुद्रसेन क्रियसनले निर्माण एवं उत्पादन गरेको म्युजिक भिडियो गायक विश्वकर्माकै अफिसियल युट्युव च्यानलबाट सार्वजनीक भएको छ । युट्युबमार्फत सार्वजनिक भएको गीतको शब्द, संगीत र स्वर गायक विश्वकर्माकै रहेको छ । उनलाई स्वरमा गायिका छाया रुचालले साथ दिएकी छन् ।
प्रदीपकुमार रसाइलीको निर्देशनमा छायांकन भएको म्युजिक भिडियोमा चर्चित अभिनेता दिलिप रायमाझी, सुभाष प्रसाद गजुरेल, रमेश प्रसाईं, टेक वाइवा लामा, रूद्रसेन विश्वकर्मा, पुजन घिमिरे, रश्मी भट्ट, झोटन मेहेता, सविना लामा , रविना लामा, किरन भुजेल, सुनिल कटुवाल, अन्नु चौधरी, राधिका रसाईली, ईश्वर बल्लभ उप्रेती, दिनेश कुमार कठायत, अलिना देउजा, टेक लामगादे, पवण बरा इली, युनिका रसाईलीलगायतले अभिनय गरेका छन् ।
अमृत चापागाईँले सम्पादन गरेको भिडियोको निमार्ण नीरकुमारी विश्वकर्मा (सविना) एवं छायांकन पवन बराईलीले गरेका हुन् ।
दर्जनौ चर्चित नेपाली, भोजपुरी तथा मैथिली गीतहरुमा स्वर दिईसकेका भर्सटायल गायक विश्वकर्मा धनुषाको मिथिला नगरपालिका-१० लालगढका स्थायी वासिन्दा हुन् ।









