सिरहा- एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।
अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ ।
अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ ।









