विशेष रिपोर्ट

नेपाली जनता दलका धनुषा अध्यक्षसहित दुई दर्जन बढी नेता कार्यकर्ता नेसपामा प्रवेश

657 Shares धनुषा- जनकपुरमा नेपाली जनता दलका धनुषा अध्यक्षसहित दुई दर्जन बढी नेता तथा कार्यकर्ता नेपाल सद्भावना पाटीमा प्रवेश गरेका छन् । पाटीको केन्द्रिय कार्यालय […]
[sharethis-inline-buttons]
नेपाली जनता दलका धनुषा अध्यक्षसहित दुई दर्जन बढी नेता कार्यकर्ता नेसपामा प्रवेश

धनुषा- जनकपुरमा नेपाली जनता दलका धनुषा अध्यक्षसहित दुई दर्जन बढी नेता तथा कार्यकर्ता नेपाल सद्भावना पाटीमा प्रवेश गरेका छन् ।

पाटीको केन्द्रिय कार्यालय जनकपुरधाममा आयोजित पाटी प्रवेश कार्यक्रममा नेपाली जनता दलका धनुषा अध्यक्ष मुञ्जय राउतसहित पार्टीका दुई दर्जन बढी नेता तथा कार्यकर्ता नेपाल सद्भावना पाटीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेमा नेपाली जनता दलका धनुषा उपाध्यक्ष प्रदिप मुखिया, जिल्ला सचिव सिकेन्द्र यादव, जनकपुरधाम नगर अध्यक्ष रमेश साह लगायत दुई दर्जन बढी नेता तथा कार्यकर्ता रहेको पार्टीका केन्द्रिय कार्यालय सचिव नागेन्द्र सिंहले जानकारी दिए ।

कार्यक्रममा नव प्रवेशी नेता तथा कार्यकर्तालाई नेपाल सद्भावना पार्टीका कार्यबाहक केन्द्रिय अध्यक्ष राम कुमार महतोले टिका, फुलमाला लगाइ सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर