document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1393;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
सप्तरी- कोरोना संक्रमणबाट सप्तरीमा थप एक जनाको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ६ मा व्यवसायी ६७ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारपछि डिस्चार्ज भई घर गएका उनको परीक्षणमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा.रञ्जितकुमार झाले अस्पतालको प्रि–आइसोलेशन वार्डबाट परिवारका सदस्यहरुले घरमै आइसोलेसन गरी राख्ने भनी लगेकोमा अचानक मृत्यु भएको खबर आएको जानकारी दिए । स्वास्थ्य अवस्थामा समस्या देखिएपछि उनलाई पुनः अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको परिवारजनले बताएका छन् ।
राजगढ गाउँपालिका स्थित मुतनी नदीको किनारमा नेपाली सेना, प्रहरीको उपस्थितिमा मृतकका छोराले शवमा दागबत्ती दिएको राजगढ गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हेमनारायण साहले जानकारी दिए । योसँगै सप्तरीमा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने संक्रमितको संख्या १ हजार ३ सय ५७ पुगेको छ । जसमध्ये १ हजार ९५ जना निको भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
साभारः रातोपाटी









