document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1248;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
विराटनगर- कोरोना संक्रमणका कारण ६ वर्षीय बालकको मृत्यु भएको छ । बुढीगंगा गाउँपालिका- २ टंकिशिनवारीमा रहेको विराट मेडिकल कलेजमा बिहीबार बेलुका ६ वर्षीय बालकको मृत्यु भएको हो ।
मस्तिष्क ज्वरोका कारण सिकिस्त भएका युवकलाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको विराट मेडिकल कलेजको आइसोलेसन इञ्चार्ज सनिल देवले जानकारी दिए । उनका अनुसार मृतक बालक जनकपुर उपमहानगरपालिका- २ धनुषाका हुन् ।
बालकमा ८ असोजमा कोरोना पोजेटिभ देखिएको थियो । ९ असोजमा उनलाई विराटमा भर्ना गरिएको थियो ।
अत्याधिक ज्वरोका कारण उनी असोज पहिलो साता विराटनगर अस्पताल (विराट नर्सिङहोम) मा भर्ना गरिएको थियो । विराटनगर अस्पतालमा तीन दिन राखेर उपचार गर्दा कोरोना पोजेटिभ देखिएपछि विराट मेडिकल कलेजको आइसोलेसनमा सारिएको थियो ।
उपचारका क्रममा आइसोलेसन चार्ज बाहेक औषधि र अन्य शुल्क करिब तीन लाख रुपैयाँ उठेको थियो । तर आर्थिक अवस्था कमजोर भएका बालकको उपचारमा लागेको सबै खर्च मिनाहा गरिएको आइसोलेसन इञ्चार्ज देवले बताए ।









