document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1245;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
जनकपुरधाम- नागरिकताका लागि सिफारिस गराइदिने भन्दै घुस लिएका जनकपुरधाम उप महानगरपालिकाका एक जना कार्यालय सहयोगी पक्राउ परेका छन् ।
उपमहानगरपालिका वडा नम्बर १३ कार्यालयका सहयोगी दिलिप पञ्जियार घुसको रकमसहित बिहीबार पक्राउ परेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले वडा कार्यालय नजिकबाटै पञ्जियारलाई २४ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो । उनले नागरिकताको सिफारिस गराइदिने भन्दै एक जना सेवाग्राहीसँग घुसवापत उक्त रकम लिएको अख्तियारले जनाएको छ ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।
साभारः अनलाइनखबर









