document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1233;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- पार्टीको निर्णयविपरीत अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्तिमा एकलौटी गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट देखिएका छन् ।
दाहाल निकट एक नेताका अनुसार प्रधानमन्त्रीले नियुक्तिका विषयमा पार्टीमा कुनै छलफल नै गरेनन् । स्थायी कमिटीको पाँचौं बैठक र सचिवालयको ६८ औं बैठकको भावनाविपरीत एकलौटी निर्णय गरेको एक सचिवालय सदस्यले बताए ।
“कूटनीति मामिलासँग गाँसिएको राजदूत सिफारिसजस्तो निर्णय पनि पार्टीमा छलफल भएको छैन । फेरि जसजसलाई सिफारिस गरिएको छ, मापदण्ड विपरीत छ । त्यसरी निर्णय गर्ने भनेर पार्टीले भनेको छैन । बैठकको निर्णय पनि यो होइन । केपी ओली फर्किएर पुरानै ठाउँमा पुग्नुभयो,” ती नेताले भने । दाहाल निकट एक नेताका अनुसार ओलीको निर्णयप्रति दाहाल असन्तुष्ट छन् ।
मन्त्रिपरिषद् पुनर्गठनबारे नीतिगत कुरा उठे पनि राजदूत, संवैधानिक नियुक्तिका विषयमा केही पनि कुरा नभएको उनले बताए । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पनि पार्टीमा छलफल नभएको बताए । “राजदूत सिफारिसबारे छलफल भएको छैन । केके निर्णय भए त्यो पनि बुझ्न पाएको छैन,” उनले भने ।
साभारः बाह्रखरी









