विशेष रिपोर्ट

कर्णालीमा थपिए ५७ सङ्क्रमित, ३४ घर फिर्ता

657 Shares काठमाडौं- कर्णाली प्रदेशमा आज थप ५७ व्यक्तिमा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा […]
[sharethis-inline-buttons]
कर्णालीमा थपिए ५७ सङ्क्रमित, ३४ घर फिर्ता

काठमाडौं- कर्णाली प्रदेशमा आज थप ५७ व्यक्तिमा कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ५५ र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दुई गरी ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि भएकाहरुमा सुर्खेतका २४, सल्यानका २२, कालीकोटका पाँच, दैलेख र जुम्लाका दुईदुई, मुगुका एक र प्रदेश बाहिरका एक जना रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंँडेलले जानकारी दिए ।

सबै क्षेत्रमा कार्यरत व्यक्ति सङ्क्रमित रहेको जनाउँदै अधिकृत कँडेलले आज थपिएका ५७  व्यक्ति गरेर हाल कर्णालीमा कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या तीन हजार ५५१ पुगेको बताए ।

हाल ५२९ जना आइसोलेशनमा  छन् । त्यस्तै आज ३४ व्यक्ति डिस्चार्ज भएसँगै कर्णालीमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई हजार ९३९ पुगेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । रासस

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर